काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाललाई कोरोना संक्रमण देखिएको छ।
उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नी आमा सीतालाई कोरोना संक्रमण भएको पुष्टी गरेकी छन्। मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी सीताको स्वास्थ्यअवस्था सुधार भइरहेको गंगाले बताएकी छन्।
अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको छ। दाहाललाई निमोनिया पनि देखिएको छ।
सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सीबाट लामो समयदेखि पीडित छिन्।