काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ । आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १२ सय १५ मा कारोबार भएकोमा आज पनि सोही भाउमा कारोबार भैरहेको महासंघले जनाएको छ ।