Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुन तोलामा पाँच सयले बढ्यो

मंगलबार सुन तोलामा पाँच सयले बढ्यो

दैनिकी न्यूज

११, माघ २०७८
मंगलबार सुन तोलामा पाँच सयले बढ्यो
images

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ ।


त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय १५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - ११:०२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology