Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौँ उपत्यकामा ६ हजार १७२ जनामा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा ६ हजार १७२ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

११, माघ २०७८
काठमाडौँ उपत्यकामा ६ हजार १७२ जनामा कोरोना संक्रमण
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका हुन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६६७ पुगेको छ।

यस्तै आज ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १८ हजार १०३ पीसीआर तथा ७ हजार ८०६ एन्टिजेन परीक्षण भएको छ।

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - २०:५९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology