Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा ३१ सय जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३१ सय जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१३, माघ २०७८
काठमाडौं उपत्यकामा ३१ सय जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टाम काठमाडौं उपत्यकामा ३ हजार १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४ सय २, ललितपुरमा ५२१ र भक्तपुरमा २२० संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार उपत्यकामा मात्र ५४ हजार सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा ५ हजार ६१४ गरेर ५४ हजार ८६३ जना सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकामा अहिलेसम्म तीन हजार चार सय बढीको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा २२ सय ५५, ललितपुरमा ७१६ र भक्तपुरमा ४४२ गरेर अहिलेसम्म तीन हजार ४१३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा कुल संक्रमितको संख्या चार लाख ७ हजार ९८३ पुग्दा तीन लाख ४९ हजार ७०७ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७२ जनामा एन्टीजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.१ प्रतिशत रहेको जनाएको छ । बिहीबार २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, हाल नेपालमा ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - १८:५७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology