Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर महानगरले स्थगित गर्‍यो भेरोशिल खोप कार्यक्रम (सूचना )

ललितपुर महानगरले स्थगित गर्‍यो भेरोशिल खोप कार्यक्रम (सूचना )

दैनिकी न्यूज

१३, माघ २०७८
ललितपुर महानगरले स्थगित गर्‍यो भेरोशिल खोप कार्यक्रम (सूचना )
images

ललितपुर । ललितपुर महानगरपालिकाले माघ १४, १६ र १७ गते ६० वर्षमाथिका व्यक्तिहरुलाई लगाउने भनिएको बुस्टर डोज खोप कार्यक्रमलाई परिवर्तन गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी खोप कार्यक्रमलाई परिवर्तन गरिएको जानकारी दिएको हो ।

सरकारले उपलव्ध गराउने भनिएको भेरोशिल खोप उपलब्ध नभएकाले बुस्टर डोजका रुपमा भेरोशिल खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरिएको महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरपालिकाले उल्लेखित मितिमा कोभिसिल्ड खोपको मात्रा लगाइने र त्यसका लागि उक्त खोप लगाएको ६ महिना पुरा भएका ६० वर्षभन्दा माथिका व्यक्तिलाई सम्बन्धित वडामा सम्पर्क राख्न र बुस्टर डोज लगाउन पनि महानगरपालिकाले आग्रह गरेको छ ।

हेर्नुहोस सूचना

1.jpg

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - १९:१९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology