Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ तोलामा मूल्य ४०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा मूल्य ४०० रुपैयाँले घट्यो

दैनिकी न्यूज

१६, माघ २०७८
सुनको भाउ तोलामा मूल्य ४०० रुपैयाँले घट्यो
images

काठमाडौं । आइतबार सुनको भाउ थप ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपैयाँले घट्दै ९२ हजार ६०० मा झरेको सुनको मूल्य थप आज ४०० रुपैयाँले घटेको हो ।

घटेको भाउ अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको भाउ भने गत शुक्रबारको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :माघ १६, २०७८ आइतवार - १४:१४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology