काठमाडौं । अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० पीसीआर र ३ हजार २९५ एन्टिजेन विधिबाट गरिएको परीक्षणअनुसार ३५ सय ४० नयाँ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
१३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा ६३५९ जना निको भएका छन्। यस्तै पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
अहिले सक्रिय संक्रमित ८३ हजार ९९९ जना छन् ।