Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाली फुटबल टिमको प्रदर्शनबाट मन्त्री अथक उत्साहित बिजेता खेलाडीलाई दिए बधाई

नेपाली फुटबल टिमको प्रदर्शनबाट मन्त्री अथक उत्साहित बिजेता खेलाडीलाई दिए बधाई

दैनिकी न्यूज

१९, माघ २०७८
नेपाली फुटबल टिमको प्रदर्शनबाट मन्त्री अथक उत्साहित बिजेता खेलाडीलाई दिए बधाई
images

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन् । अफ्रिकी देश मौरिसससँगको मैत्रिपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री अथकले बधाई दिएका हुन् ।

दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल बिजयी भएको थियो । अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रिपूर्ण खेल हेर्न मन्त्री अथक स्वयं रंगशालामा उपस्थित भएका थिए । रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेरेका मन्त्री अथकले नेपाली खेलाडीहरुको खेलबाट आफु प्रभावित भएको प्रतिक्रिया दिए ।

प्रतियोगिता समयभरी निकै उत्साहित देखिएका मन्त्री अथकले नेपाली खेलाडीहरुले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसी समेत ब्यक्त गरे । मन्त्री अथकले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरेका छन् । साथै पहिलो पटक मैत्रिपूर्ण खेलका लागि नेपाल आएको मौरिससको टिमलाई मन्त्री अथकले धन्यवाद दिए ।

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - १२:४६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology