काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको होलगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ ।
माघ २४ गतेसम्म उक्त विवरण पठाई सक्न राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ ।नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको होलगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ ।
केन्द्रीय बैंक तथा सरकारले क्रिप्टो लगायतका डिजिटल कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको छ ।