Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार घट्यो सुनको भाउ

शुक्रबार घट्यो सुनको भाउ

दैनिकी न्यूज

२१, माघ २०७८
शुक्रबार घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (शुक्रबार) घटेको छ । हिजो (बिहीबार) सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ ।


त्यस्तै, आज चाँदीको भाृउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२ सय ५० रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - १०:५८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology