Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सरस्वती पूजा

आज सरस्वती पूजा

दैनिकी न्यूज

२३, माघ २०७८
आज सरस्वती पूजा
images

काठमाडौं । आज माघ शुल्क पञ्चमीको दिन । आजका दिन प्रत्येक वर्ष विद्याकी देवी सरस्वती पूजा गरिन्छ । जसअनुसार आज देशभर हिन्दु धर्मावलम्बीहरुले विधिपूर्वक देवी सरस्वतीको पूजा गर्दैछन । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायतका साधनको पूजा गर्दैछन ।

विशेष रुपमा विद्यालयमा सरस्वतीको पूजा गरींदै आएको परम्परा रहेपनि यसवर्ष कोरोना संक्रमण जोखिमका कारण विद्यालयहरु बन्द रहेकाले विद्यार्थीले घर–घरमै सरस्वतीको पूजा आराधना गर्दैछन् ।

यस अवसरमा आज काठमाडौंको लाजिम्पाटस्थित निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । यसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - ०७:३४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology