काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार २०० रुपैयाँले घटेको सुनको भाउ आइतवार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार पनि छापावाला सुन सोही भाउमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आइतवार चाँदीको भाउ पनि स्थिर रहेको छ । शुक्रवार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही भाउमा किनबेच भइरहेको छ ।