काठमाडौँ । काठमाडौं उपत्यकामा जारी भएको जोरबिजोर प्रणाली र विद्यालयहरु बन्द लगायतका विषयमा छलफल गर्न तीनै जिल्लाका प्रजिअहरुको बैठक आइतबार अपराह्न बस्ने तयारी भएको छ।
जोरबिजोर र विद्यालय सञ्चालनलगायतका विषयमा निर्णय गर्न बैठक बस्न लागेको काठमाडौँका प्रजिअ गोबिन्द रिजालले जानकारी दिए।
सिसिएमसी बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिसके पनि औपचारिक निर्णय प्राप्त नभइसकेकाले बैठक बस्न ढिला भएको हो।
अहिले निजी सवारीसाधन र ट्याक्सीमा जोर विजोर प्रणाली लागू रहेको छ। चर्को विरोधपछि यसअघि सार्वजनिक यातयातको जोर विजोर हटाइएको थियो।
त्यस्तै विद्यालयको हकमा भने माघ महिनाभरि बन्द कायमै रहने बताइएको छ। फागुनदेखि विद्यालय खुल्नसक्ने सीसीएमसीका अधिकारीहरुले बताएका छन्।