काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९२ हजार १०० रुपैयाँ पुगेको छ।
हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १२ सय ५५ रुपैयाँ पुगेको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १२ सय ५० रुपैयाँमा किनबेच भएको थियो।