Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनचाँदीको भाउ बढ्यो

आज सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

२५, माघ २०७८
आज सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँ बढेर चाँदी १२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - १०:४९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology