Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२५, माघ २०७८
आज देशभर १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ८५ सय ८७ पिसिआर परीक्षणबाट ११ सय ८४ र ४१ सय ५ एन्टिजेन परीक्षणबाट ७७३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ५१०३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ३६ हजार १ सय ८१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा ४५१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।

हाल काठमाडौं उपत्यकामा १९ हजार १०४ जना सक्रिय संक्रमित रहेका छन्।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - १८:३९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology