काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ । हिजो सुनको भाउ प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । बुधबार पनि सुनको भाउ तोलामा तीन सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउमा भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ८० मा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।