काठमाडौं । नेपाली बजार आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन तोलामा १५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँ पुगेको छ।

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेर १३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी १२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।