काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । आइपीओमा आवेदन दिएका मध्ये ४८ हजार ७९० जना अवोदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज साँझ बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गरेको हो ।
कम्पनीले माघ २१ देखि २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणलाई ४ लाख ८७ हजार ९०० कित्ता निष्काशन गरेको थियो ।
यो आईपीओमा कुल २७ लाख ९ हजार ८५५ आवेदकबाट २ करोड ३१ लाख ४७ हजार १५० कित्ता सेयर माग भएको प्रभु क्यापिटलले जनाएको छ।
कुल आवेदकमध्ये २५ लाख ८७ हजार ४१२ आवेदकबाट माग भएको ३ करोड ६ लाख ६६ हजार १९० कित्तामात्रै सदर भएको छ। बाँकी आवेदकको आवेदक बदर भएको क्यापिटलले जनाएको छ।
सदर आवेदकमध्ये भाग्यमानी ४८ हजार ७९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने २५ लाख ३८ हजार ६२२ आवेदकको हात खालि भएको छ।
नतिजा केही समय पछि https://iporesult.cdsc.com.np बाट हेर्न सकिने विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।