Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्रीन भेन्चर्सको आईपीओ आजदेखि निष्काशन, कति कित्तासम्म भर्न पाइन्छ ?

ग्रीन भेन्चर्सको आईपीओ आजदेखि निष्काशन, कति कित्तासम्म भर्न पाइन्छ ?

दैनिकी न्यूज

२, फाल्गुण २०७८
ग्रीन भेन्चर्सको आईपीओ आजदेखि निष्काशन, कति कित्तासम्म भर्न पाइन्छ ?
images

काठमाडौं । आजदेखि ग्रीन भेन्चर्सको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशतले हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आईपीओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नेछ।

आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्लाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, तीन, लिखु गाउँपालिका नौ, एक, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका एक र दुई, उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले आईपीओमा आवेदन दिन पाउनेछन् ।

प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउनेछन्।

निष्कासन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ। आईपीओमा लक्ष्मी बैंकको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

तोकिएको अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी रहेको सेयरसहित सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरिसके पछि सर्वसाधारणलाई पनि ३१ करोड २५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्नेछ।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो। 

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०७:४०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology