Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ७४७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ७४७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, फाल्गुण २०७८
आज देशभर ७४७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ४७ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ४ सय ८२ र एन्टिनेज परीक्षणबाट २ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा ८ हजार ६९६ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा ६ हजार २७९ पीसीआर र २ हजार ४१७ एन्टिजेन परीक्षण भएको छ ।

यस आँकडामा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा २३ सय १९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - १६:५०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology