Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आयरल्यान्डले नेपाललाई दियो १२८ रनको लक्ष्य

आयरल्यान्डले नेपाललाई दियो १२८ रनको लक्ष्य

दैनिकी न्यूज

२, फाल्गुण २०७८
आयरल्यान्डले नेपाललाई दियो १२८ रनको लक्ष्य
images

काठमाडौं । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ ।

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा अलआउट हुदै १ सय २७ रन जोड्यो ।

आयरल्यान्डका जर्ज डोकरेलले २८ रन, कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ र सिमी सिंहले १ रन जोडे ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए ।

अविनाश बोहराले दुई विकेट लिए । सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो दोस्रो खेलमा  यूएईसँग २५ रनले पराजित भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - १७:१९:३९ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # रन

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology