काठमाडौं । आज लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकार स्थापना दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो।
स्थापना दिवसका अवसरमारमा लुम्बिनी प्रदेश सरकारले आज दाङ देउखुरीको राप्ती उपत्यकामा भव्य कार्यक्रम गर्दैछ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेशका मन्त्रीहरूको सहभागिता रहने छन् ।
सो अवसरमा प्रगति प्रतिवेदन, प्रदेश डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने छ।
सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका सङ्घसंस्थामा प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।