Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा २ करोड ५ लाख बोनस शेयर नेप्सेमा सूचिकृत

नेप्सेमा २ करोड ५ लाख बोनस शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

३, फाल्गुण २०७८
नेप्सेमा २ करोड ५ लाख बोनस शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । मंगलवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक,मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सुचिकृत भएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता,मेरो माइक्रो फाइनान्सको २० लाख कित्ता,महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १२ दशमलव ६११ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।

त्यसैगरी मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते सम्पन्न साधारण सभाबाट पारीत २० प्रतिशत बोनस शेयर ,महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १९ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - १४:४९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology