काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १६ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा झरेको छ । तेजाबी सुनको भाउ पनि तोलामा १६ सयले नै बढेर प्रतितोला ९४ हजार ६ सयमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा आईपुगेको छ ।