काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३९ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा।संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट ५४८ र एन्टिजेन परीक्षणबाट १८५ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ९ हजार ७५६ परीक्षण भएको छ ।यसमा पीसीआर परीक्षण ८ हजार ७८२ र एन्टिजेन परीक्षण ४ हजार ९७४ भएको छ । २४ घण्टामा १६००जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ छ ।