Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ५७० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५७० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

५, फाल्गुण २०७८
आज देशभर ५७० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । २४ घण्टामा देशभर ५७० जनामा कोरोना (भाइरस कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३६४ र एन्टिनेज परीक्षणबाट २०६ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा ९७ सय ८९ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा ७ हजार २८ पीसीआर र २७ सय ६१ एन्टिजेन परीक्षण भएको छ ।

यस आँकडामा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा १९ सय ९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - १७:४०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology