Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज संसद बैठक बस्दै

आज संसद बैठक बस्दै

दैनिकी न्यूज

६, फाल्गुण २०७८
आज संसद बैठक बस्दै
images

काठमाडौं । आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । संसदको दशौँ अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ।व।२०७७÷०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा पनि छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । यसअघि बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसिसी आज संसदमा टेबल नगर्ने निर्णय गरेको थियो।

सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा उभिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भने त्यसको विपक्षमा उभिएका छन ।

लामो समयदेखि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । जसअनुसार आज पनि एमालेको अवरोधले निरन्तरता पाउने बलियो सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०७:००:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology