काठमाडौं । दलहरूबीच सहमती नजुटेपछि अमेरिकी सहयोग परियोजना (एमसिसी) आज पनि संसदमा टेबल नहुने भएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमसिसी टेबल नहुने भएको हो।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७–७८ पेस गर्ने मात्र कार्यसूची छ।
आजको बैठकमा पनि एमालेले संसद अवरोध गर्ने भएको छ।