काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । । विहीबारको भन्दा सुन ४ सय र चाँदी १० रुपैयाँ बढेको छ ।
शुक्रबार सुनको भाउ प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ। बिहीबार एक हजार रुपैयाँ बढ्दा प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको तोलामा १० रुपैयाँले बढेको छ। कारोबार मूल्य १ हजार ३ सय ५ रुपैयाँ भएको छ। अघिल्लो दिन १० रुपैयाँ बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।