काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७९ हजार ९१ जनाको कोरोन परीक्षण हुँदा ४३७ जनालाई संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २५ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित १४ हजार ४३५ जना छन् । आज थपिएका मध्ये काठमाडौं उपत्यकाका ८९ जना रहेका छन् । काठमाडौंमा ६८, भक्तपुरमा २ र ललितपुरमा १९ जनालाई पोजेटिभ देखिएको छ ।