काठमाडौं । एमसीसीबारे ठोस निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
नेता तुलाधरले एमसीसी यथास्थितिमा पास गर्नुहुँदैन भन्ने पूर्ववत धारणा रहेको भन्दै यो बीचमा पनि एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको बताए ।
पार्टी नेतृत्वले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताउदै आएपनि सरकारमा रहेका मन्त्रीहरु एमसीसी पास गरेर गठबन्धन र सरकार जोगाउनुपर्ने पक्षमा छन् ।
आज बस्ने स्थायी समितिको बैठकबाट एकीकृत समाजवादीले एमसीसीका विषयमा आफ्ना तर्फबाट एउटा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।