Logo

सोमवार, श्रावण २५ गते २०८३

images

टी–ट्वान्टीः फिलिपिन्सविरुद्ध नेपाल ब्याटिङमा

टी–ट्वान्टीः फिलिपिन्सविरुद्ध नेपाल ब्याटिङमा

दैनिकी न्यूज

७, फाल्गुण २०७८
टी–ट्वान्टीः फिलिपिन्सविरुद्ध नेपाल ब्याटिङमा
images

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

समूहको बलियो टिम ओमानलाई हराएको नेपाल आत्मविश्वासी भएर मैदान छिर्नेछ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - ११:४२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology