Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३५० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३५० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

७, फाल्गुण २०७८
आज देशभर ३५० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ९६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ५३८ जनामा पिसिआर गर्दा १९८ जनामा र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन्। एक हजार २७२ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर १३ हजार ३५७ सक्रिय संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका छन्। काठमाडौंमा ५१, भक्तपुरमा ४ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - २१:५७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology