काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९६ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९६ हजार १०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँ बढेर चाँदी १३ सय ५ रुपैयाँमा किनबेच भएको थियो।