Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज देशभर २६२ जनामा कोरोना संक्रमण

आज देशभर २६२ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

८, फाल्गुण २०७८
आज देशभर २६२ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६२ जना कोरोना भाइरस (कोभड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍।संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २२९ र एन्टिजेन परीक्षणबाट ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ९ हजार ८१५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ५७२ र एन्टिजेन परीक्षण ३ हजार २४३ भएको छ । २४ घण्टामा १३३८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ३।४८ रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १८:२८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology