Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २६२ जनामा कोरोना संक्रमण

आज देशभर २६२ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

८, फाल्गुण २०७८
आज देशभर २६२ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६२ जना कोरोना भाइरस (कोभड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍।संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २२९ र एन्टिजेन परीक्षणबाट ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ९ हजार ८१५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ५७२ र एन्टिजेन परीक्षण ३ हजार २४३ भएको छ । २४ घण्टामा १३३८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ३।४८ रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १८:२८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology