Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४७६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४७६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
आज देशभर ४७६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट २९९ जना र एन्टिजेन परीक्षणबाट १७७ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर ६ हजार ६०४ र २८२० एन्टिजेन गरी ९ हजार ४२४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

८३१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - १७:२०:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology