Logo

सोमवार, श्रावण २५ गते २०८३

images

युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य
images

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईले नेपालसामू १७६ रनको लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिलो व्याटिङ गरेको युएईले विष्फोटक सुरुवात गरेको थियो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।

जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३र३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

टी२० विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । किनकी यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।

नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । 

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी(ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । यस पटक भने नेपाललाई मौका रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - १७:२३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology