Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभरमा ३१२ नयाँ कोरोना संक्रमित थपिए

आज देशभरमा ३१२ नयाँ कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

११, फाल्गुण २०७८
आज देशभरमा ३१२ नयाँ कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍= संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २५६ र एन्टिजेन परीक्षणबाट ५६ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ८ हजार ६९३ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ५ हजार १०३ र एन्टिजेन परीक्षण ३ हजार ५९० भएको छ । २४ घण्टामा ९११ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ५ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिए।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - १६:५५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology