काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १५१ जना र एन्टिजेन परीक्षणबाट १६७ जना संक्रमित थपिएका छन् ।
२४ घण्टामा पीसीआर ५ हजार ५०८ र २२ सय ३५ एन्टिजेन गरी ७ हजार ७४३ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
५६२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ रहेको छ ।