Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आयोगमा ३२ दल दर्ता, ठूला दल अझै बाँकी

आयोगमा ३२ दल दर्ता, ठूला दल अझै बाँकी

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
आयोगमा ३२ दल दर्ता, ठूला दल अझै बाँकी
images

काठमाडौं । स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आयोगमा ३२ वटा दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेसम्म दल दर्ता हुनुपर्ने समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप छवटा दल दर्ता भएका छन् ।

बिहीबार मात्रै पिछडावर्ग निषाद दलित जनजाति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल, समाजवादी केन्द्र नेपाल, नेसनलिस्ट पिपुल्स पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल र आमूल परिवर्तन मसिहा पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगमा हालसम्म १०९ वटा राजनीतिक दल दर्ता भएकोमा ७३ वटा दल अझै स्थानीय निर्वाचन प्रयोजनका लागि दर्ता भएको छैनन् ।

आफ्नै चुनाव चिह्न पाउने दुई दल मात्रै हालसम्म निवेदन दिएका छन् । राष्ट्रिय मान्यता प्राप्त गरी आफ्नै चुनाव चिह्न पाउने छवटा दल रहेकोमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मात्रै निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।

सङ्घीय संसद्मा प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र र जनता समाजवादी पार्टी अझै निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन दिएको छैन ।

यसैबीच, स्थानीय निर्वाचन, २०७९ को तयारीका लागि निर्वाचन आयोगले गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रत्येक मतदान केन्द्रमा कोभिड–१९ रोकथाम गर्ने स्वास्थ्य सामग्री प्रयोग गरिने जानकारी दिए । उक्त प्रयोजनका लागि आयोगले मतदान केन्द्रमा मास्क र स्यानिटाइजर र प्राथमिक उपचार सामग्रीको खरिद गर्न बोलपत्र आह्वान गरेको प्रवक्ता अर्यालले बताए । यो समाचार गोरखा-पत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - ०७:०८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology