Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको भाउ प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार सुनको भाउ तोलामा २५ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय ५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय ३५ रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - १०:४४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology