Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आ. व. २०७७–७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको २० प्रतिशत वोनस शेयर तथा चुक्ता पूँजीको १.०५२६३ प्रतिशत नगद लाभांस (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) बितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा समितिले स्वीकृती दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ। 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - ११:२६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology