Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर २७५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २७५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
आज देशभर २७५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १५८ जना र एन्टिजेन परीक्षणबाट ११७ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर ५ हजार ४५२ र ३ हजार १७६ एन्टिजेन गरी ८ हजार ६२८ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

५५५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २८० रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - १७:२८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology