Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १५५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १५५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१४, फाल्गुण २०७८
आज देशभर १५५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ५ हजार १५२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार २२ सय ३९ पिसिआर परीक्षणबाट र २९ सय १३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ५४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ८ हजार ८३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा २७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २०, भक्तपुरमा १ र ललितपुरमा ६ जना गरी २७ संक्रमित छन्।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७८ शनिवार - १६:०८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology