Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन

आज नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन

दैनिकी न्यूज

१५, फाल्गुण २०७८
आज नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन
images

काठमाडौं । आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले निष्कासन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ०८:४८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology