Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १११ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १११ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, फाल्गुण २०७८
आज देशभर १११ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍।संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट ९४ र एन्टिजेन परीक्षणबाट १७ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ९ हजार ७१० परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ४८६ र एन्टिजेन परीक्षण ३ हजार २२४ भएको छ । २४ घण्टामा ४१५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १ छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर १।७ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - १८:३०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology