Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रौतहटको देवाही गोनाही नगरपालिका मेयरसहित चार जना अख्तियारको नियन्त्रणमा

रौतहटको देवाही गोनाही नगरपालिका मेयरसहित चार जना अख्तियारको नियन्त्रणमा

दैनिकी न्यूज

१५, फाल्गुण २०७८
रौतहटको देवाही गोनाही नगरपालिका मेयरसहित चार जना अख्तियारको नियन्त्रणमा
images

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयरसहित ४ जनालाई घुससहित नियन्त्रणमा लिएको छ।

आयोगले मेयर धर्मेन्द्र प्रसाद पटेल, उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल र सहलेखापाल प्रदीपकुमार यादवलाई सेवाग्राहीबाट घुस लिएको अवस्था नियन्त्रणमा लिएको हो।

मेयर पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहानामा सेवाग्राहीसँग पाँच लाख घुस मागेको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीको आधारमा अख्तियारको टंगाल टोलीले उनीहरूलाई मेयरकै कार्यकक्षबाट नगद÷चेकसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - २०:४१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology