Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समय थप

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समय थप

दैनिकी न्यूज

१६, फाल्गुण २०७८
ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समय थप
images

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले सूचना जारी गर्दै फागुन २३ गतेसम्म आवेदन दिन सकिने बताएको हो ।

कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त आईपीओ विक्री खुला गरेकोे हो ।

यो आईपीओ खरीदका लागि लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - ०७:३९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology